Logo

रवि लामिछानेको बयान आज पनि निरन्तर



काठमाडौं । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृह मन्त्री रवि लामिछानेको बयान आज पनि जारी रहने छ । जिल्ला अदालत कास्कीमा विहिबारदेखि सुरु भएको बयान अन्तरगत लामिछानेको बयान हिजो आधा मात्रै सकिएकाले आज पनि जारी रहने भएको हो ।

न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको बयानमा हिजो लामिछानेले सोधिएका सबै प्रश्नमा इन्कारी बयान दिएका थिए। आज रविको मात्रै बयान हुने र बाँकीको बयान आइतबारबाट मात्र सुरु हुने जनाइएको छ ।

प्रहरीले आइतबार रवि सहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङसहित ३१ जना विरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । बयान सक्न एक, दुई दिन लाग्ने र त्यसपछि थुनछेकको बहस हुने जिल्ला अदालतले जनाएको छ ।

थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् । रवि माथि सहकारी ठगी सँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । रवि सहित १९ जना विरुद्ध सङ्गठित अपराधम समेत मुद्दा चलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्