Logo

पश्चिम नेपालमा तेह्र दिनमा सात वटा भूकम्प



काठमाडौं, पुस १३ । पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्पको धक्का महसुस भएको छ।

सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४.३, पुस ३ गते बझाङको धामेना मै ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो। यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्यूडको भूकम्प गयो।

पुस ६ गते बाजुरामा ५.२ म्याग्निच्यूडको भूकम्प जाँदा पुस ९ गते ९ बजेर २५ मिनेट जादा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ। विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ म्याग्निच्यूडको भूकम्प गएको हो।

विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा ५ परकम्प गएको सम्वद्ध जानकारको भनाइ छ।



प्रतिक्रिया दिनुहोस्