Logo

तीन महिनाको उपचारपछि निको भएर भोलि काठमाडौं फर्किँदै राप्रपा सांसद राणा



काठमाडौं, १३ पुष । राप्रपाका नेता तथा सांसद धवलशमशेर राणा निको भएर भोलि स्वदेश फर्किने भएका छन् । उनले आफू तीन महिनाको लामो उपचारपश्चात् निको भएर भोलि स्वदेश फर्कन लागेको भन्दै राणाले परिवारजन, आफन्त, शुभेच्छुक एवम् पार्टीका सबै सार्थीहरुप्रति आभार व्यक्त गरेका छन् । उनले फेशबुकमा लेखेका छन्–

अन्ततः म भोली काठमाडौं फिर्ता हुनेछु !

तिन महिनाको लामो उपचार पश्चात् म निको भएको छु। आगामी दिनमा म मेरो पुर्वनिधारित कार्यक्रमहरूमा सरिक हुनेनै छु। सम्पुर्ण परिवारजन, आफन्त, शुभेच्छुक एवं पार्टीका सम्पुर्ण साथीहरू प्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु।

हजुरहरूको म प्रतिको शुभेच्छा कायम रहोस् !



प्रतिक्रिया दिनुहोस्