काठमाडौं, पुस १४ । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ। १८१ जना यात्रु बोकेको विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको समाचार संस्था योनहापलाई उद्दत गर्दै बिबीसीले जनाएको छ ।
हालसम्म मृतकहरु मध्ये ३७ जना महिला र २५ जना पुरुष रहेको बिबीसीले जनाएको छ। विमानमा १७३ जना कोरियन यात्रु र २ जना थाइ नागरिक गरेको जानकारी गराइएको छ। विमानस्थलमा अहिले इमर्जेन्सी घोषणा गरेर उद्दारको काम भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन ।
दक्षिण कोरियाली समाचार एजेन्सीका अनुसार देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर विमान भित्तामा ठोक्किएर दुर्घटना भएको हो । थाइल्याण्डको बैंककबाट १७५ जना यात्रु र ६ जना चालक दलका सदस्यसहित उडेको जेजु एयरको विमान अवतरणगर्ने क्रममा दुर्घटना भएको हो ।