Logo

जेजु एयर दुर्घटना अपडेट : ८५ जनाको मृत्यु, दुई जनाको जीवितै उद्धार



काठमाडौं, पुस १४ । दक्षिण कोरियामा भएको विमान जेजु एयरको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको छ । ६ जना चालकदलका सदस्य र १ सय ७५ जना यात्रु बोकेको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको बताइएको ।

दुर्घटनाग्रस्त विमानबाट दुई जनाको भग्नावशेषबाट जीवितै उद्दार गरिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । विमानमा चरा ठोक्किएर दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ ।

उद्धार कार्य अझै जारी छ । जहाजमा रहेका यात्रुहरूमा १ सय ७३ दक्षिण कोरियाली र दुई जना थाइ नागरिक रहेको योनहाप समाचार एजेन्सीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्