Logo

तस्करी र भ्रष्टाचार नियन्त्रण श्रीलङ्काको प्राथमिकता



कोलम्बो, १४ पुस । श्रीलङ्काले तस्करी र भ्रष्टाचार नियन्त्रण प्रमुख प्राथमिकतामा राखेको छ ।

राष्ट्रपति अनुरा कुमारा दिसानायकेले लागूऔषधको ओसारपसार, भ्रष्टाचार र अवैध आप्रवासन रोक्न एकीकृत अनुगमन महाशाखा स्थापना गर्न विमानस्थल तथा उड्डयन सेवा र श्रीलङ्का भन्सारका अधिकारीलाई निर्देशन दिएको छ ।

अनुगमन महाशाखाले अन्य निषेधित वस्तुको प्रवेश, विमानस्थल र भन्सारमा हुने अनियमितता र देशबाट अनधिकृत रुपमा बाहिरिने कार्य रोक्न पनि ध्यान केन्द्रित गरिने जनाएको छ ।

अध्यागमन तथा आप्रवासन विभाग, श्रीलङ्का भन्सार र विमानस्थल तथा उड्डयन सेवाका प्रमुखसँग शनिबार भएको भेटमा राष्ट्रपति दिसानायकेले अधिकारीहरूलाई उक्त निर्देशन दिएको हो ।

राष्ट्रपतिले तस्करी रोक्न व्यावहारिक र आधुनिक प्रक्रियाको आवश्यकतामा जोड दिँदै हालको ‘स्क्यानिङ’ उपकरणलाई उन्नत स्क्यानरले प्रतिस्थापन गर्न निर्देशन दिए । रासस



प्रतिक्रिया दिनुहोस्