Logo

यो हप्तादेखि कांग्रेस र एमाले अलिअलि चलायमान भएको शेखरको दाबी



काठमाडौं, १४ पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले संविधान संशोधनको विषयमा कांग्रेस र एमाले बल्ला चलायमान भएको भन्दै खुशी व्यक्त गरेका छन् । तर, संविधान संशोधन गर्दा दुई दलमात्रै मिलेर नहुने भन्दै अरू दलको पनि साथ खोज्नुपर्नेमा उनको जोड छ । उनले सरकार सफल हुनुपर्ने बताउँदै असफल भए देश नै असफल हुने टिप्पणीसमेत गरेका छन् ।

आज (आइतबार) जनकपुरमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले एमालेको नेतृत्वमा सरकार छ, अब डेढ वर्ष बाँकी छ, डेढ वर्षपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार आउँछ। चुनावमा हामी होमिन्छौँ। यो हप्तादेखि नेपाली कांग्रेस र एमाले अलिअलि चलायमान भएको मैले पाएँ। त्यो राम्रो कुरा हो। अब संविधान जस्तो कुरा अन्य दलहरुसँग पनि मिलेर हामीले संविधानमा केही सुधारहरु गर्नुपर्ने हुन्छ। माओवादी, मधेसका दलहरु, रास्वपा अन्य दलहरुसँग मिलेर संविधान सुधारका कुरा गर्नुपर्छ। नेपाली कांग्रेस र एमाले मात्रै मिलेर सोच्यौँ भने त्यो फेरि गलत बाटोतिर हामी जान थाल्छौँ।’



प्रतिक्रिया दिनुहोस्