Logo

पूर्व न्यायाधीश प्रकाश वस्तीको अन्त्येष्टिमा मानव अधिकार आयोगका पदाधिकारीका कोही पुगेनन्



काठमाडौं, १४ पुष । सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीको अन्तिम दाहसंस्कार गरिएको छ । पशुपति आर्यघाटमा आज वस्तीको अन्त्येष्टि गरिएको हो । तर, उनको अन्तिम विदाईमा राष्ट्रिय मानव अधिकार आयोगका कोहीपनि पदाधिकारी पुगेनन् ।

वस्तीको अन्त्येष्टिमा सरिक भएकाहरुले आयोगका पदाधिकारी कोही पनि देखा नपरेको भन्दै गुनासो र आलोचना गरेका थिए । वस्ती अनुपराज शर्माको कार्यकालमा आयोगको सदस्यको भूमिकामा थिए । तर, आज वस्तीको अन्तिम विदाईमा भने आयोगका बहालवाला पदाधिकारी कोही पनि देखा परेनन् ।

वस्तीको हृदयघातका कारण निधन भएको हो । उनलाई उपचारको लागि नर्भिक अस्पताल पुर्याईएको भएपनि त्यहाँ पुग्दा निधन भैसकेको थियो ।



प्रतिक्रिया दिनुहोस्