Logo

अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधनप्रति मन्त्री राणाद्वारा दुःख व्यक्त



काठमाडौं, १५ पुष । परराष्ट्रमन्त्री डा. आरजु राणाले अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधनप्रति दुःख व्यक्त गरेकी छिन् ।

मन्त्री राणाले नेपाल सरकार र नेपाली जनताको तर्फबाट कार्टरको निधनमा दुःख व्यक्त गर्दै कार्टरले शान्ति, लोकतन्त्र र मावनअधिकारको लागि पुर्याएको योगदानको सधैं स्मरण गरिने विश्वास व्यक्त गरेकी छिन् ।

कार्टरको १०० को उमेरमा हिजो (आइतबार) आफ्नै निवासमा निधन भएको हो ।



प्रतिक्रिया दिनुहोस्