काठमाडौं, १५ पुष । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले तमु समूदाय आफ्नो पहिचानको रक्षाको लागि अत्यन्तै जागरुक रहेको भन्दै प्रशंसा गरेका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित तमु ल्होसारलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले तमू समूदायलाई आफ्नो रहनसहन, खानपानलाई निरन्तरता दिनको लागि आग्रह गरेका छन् । तमु समूदायले उठान विषयमा सरकार गम्भीर रहेको उनको भनाई छ । उनले अहिले प्राप्त अधिकार सजिलै प्राप्त नभएको भन्दै यसलाई सुरक्षित र संस्थागत गर्दै जानुपर्नेमा जोड दिए ।