काठमाडौं, १५ पुष । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले नेपाललाई च्याउमा पूर्ण आत्मनिर्भर बनाउन सकिने बताएका छन् । धमलाले सरकारले च्याउ उत्पादन किसानका समस्यालाई समाधान गर्दै उनीहरुको लागि विशेष प्याकेज ल्याउनुपर्ने सुझाव दिए ।
सो क्रममा धमलाले च्याउ स्वास्थ्यको लागि पनि अत्यन्दै फाईदा भएकोले किसानलाई स्वस्थ च्याउ उत्पादनको लागि किसानलाई सुझाव दिए । उनले स्वस्थ जीवनको लागि स्याउजत्तिकै च्याउपनि महत्वपूर्ण रहेको सुनाए ।
उनले भने,‘अहिले नेपालमा च्याउको खेति राम्रो भैरहेको छ । नेपाललाई च्याउमा पूर्ण आत्मनिर्भर बनाउन सकिन्छ, अहिलेपनि च्याउमा हामी आत्मनिर्भरको बाटोमा छौं ।’ आज (सोमबार) काठमाडौंको भृकुटीमण्डपमा च्याउ उत्पादक किसान संघ नेपालद्धारा आयोजित ‘राष्ट्रिय च्यास दिवस–पुष १५’ लाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।