Logo

नेपालले बीआरआईलाई आर्थिक हितमा प्रयोग गर्नुपर्छ : नारायण खड्का भिडिओसहित)



काठमाडौं, १६ पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले आफूले चीनसँग बीआरआई सम्झौता गर्न नहुने भनेर नभनेको स्पष्ट पारेका छन् ।

उनले भने,‘चीनसँग बीआरआई सम्झौता गर्नुहुँदैन भनेर मैले कहाँ भनें ? म चीन भ्रमणमा जाँदा दुई वर्षअघि चिनियाँ समकक्षीसँग भेट्दा संयुक्त वक्तव्य निकाल्दा बीआरआई शब्द राखिएको थिएन । बडा सौहार्दपूर्ण रुपमा वार्ता भएको थियो १५ अर्ब रुपैयाँ नेपाललाई अनुदान दिने भनेर उनीहरुले मेरो भ्रमणमा घोषणा पनि गरेका थिए । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीजीको भ्रमणमा दिएको भन्दा झण्डै दोब्बर पर्छ । हामीले त एमओयु गरिसकेका छौं । अहिले ऋण भन्ने छैन् । एड भनिएको छ । यो भनेको अनुदान र ऋण दुवै हुन्छ । हरेक परियोजनामा कति रकम लाग्ने हो, त्यसमा कति ऋण लिने हो, कति अनुदान लिने हो भन्ने हुन्छ । परियोजनाहरु जुन छन्, रेलवेदेखि किमाथांका सडक, यी जुन परियोजना छन्, यसको लागत निस्किएपछि ऋण र अनुदान टुँग्याउने भन्ने कुरा हो ।’

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले बीआरआईलाई राष्ट्रिय हितमा प्रयोग गर्नुपर्ने सुझाव दिए । उनले नेपालले बीआरआईलाई आर्थिक हितमा प्रयोग गर्नुपर्ने बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिलेसम्म लाभदायी नभएको भन्दै नेपालले परियोजना छनौट गर्दा ध्यान दिनुपर्ने पनि सुझाए ।



प्रतिक्रिया दिनुहोस्