Logo

अदृश्य शक्तिले पूरै मधेशमा जातीय र धार्मिक सम्प्रदायबीच युद्ध गराउन खोज्दैछ, हामी सचेत हुनुपर्छ : इस्तियाक राई



काठमाडौं, १६ पुष । जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले मधेशवादी दलमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणले अहिलेको हविगत भएको टिप्पणी गरेका छन् । उनले अहिलेको आवश्यकत्ता सहकार्य रहेको भन्दै त्यसतर्फ सबै मधेशवादी दल गम्भीर हुनुपर्नेमा जोड दिए ।

उनले मधेशवादी दलहरु एक ठाउँमा उभिनुपनि खुशीको कुरा भएको टिप्पणी गरे । उनले अहिले एकले अर्कोलाई आरोपप्रत्यारोप गर्ने बेला नभएको स्मरण गराए । उनले भने,‘अहिलेको आवश्यकत्ता के हो भने मधेश उत्पीडनमा छ । नेपालमा धर्मको आधारमा विभेद छैन् । नेपालमा विभेद एउटा क्षेत्र र समूदायको आधारमा छ । यहाँ धार्मिक रुपमा विभेद छैन् ।’ उनले अहिले कांग्रेस र एमाले दुई दलीय प्रणालीमा जान खोजेकोमा विरोध जनाए ।

उनले भने,‘अहिले कांग्रेस र एमाले टु पार्टी सिस्टममा जान खोज्दैछन्, त्यस्तै एउटा अदृश्य शक्तिले पूरै मधेशमा अहिले जातीय र धार्मिक सम्प्रदायको बीचमा युद्ध गराएर हामीलाई त्यो अधिकारबाट बञ्चित गराउन खोज्दैछ । त्यसमा हामी सचेत रहन जरुरी छ ।’ उनले आफू १८ वर्षदेखि एउटै पार्टीमा बसेको र अहिले विभाजनमा पुग्नु नेतृत्वको कारण भएको टिप्पणी गरे । उनले अहिले प्राप्त उपलब्धिको रक्षाको लागि र मुद्दाको लागि सबै मधेशवादी दलबीच एकता र सहकार्यको लागि तयार रहेको सुनाए ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्