Logo

धुम्रपान र मद्यपान नगरेको कारण म दैनिक १८ घण्टासम्म काम गर्न सक्षम छु : ऋषि धमला



काठमाडौं, १६ पुष । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले सुर्तीजन्य पदार्थको सेवनमा रोकथाम गर्न सकिए क्यान्सरजस्ता घातक रोगबाट बच्न सकिने भन्दै यसको लागि देशव्यापी रूपमा अभियान चलाउनुपर्ने बताएका छन् ।

क्यान्सर काउन्सिल नेपाल र कम्युनिटी डिजिज प्रिभेन्सन एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा आजा (मंगलबार) काठमाडौंको कपनमा रहेको जोसेफ हाईस्कुलमा आयोजित विशेष अन्रतक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् । उनले स्वस्थ समाज निर्माणको लागि पनि धुम्रपान रोकथाम गरिनुपर्ने र युवादेखि बयोवृद्धलाई क्यान्सर रोगबाट बचाउनुपर्ने आवश्यकत्ता औंल्याए ।

सो क्रममा धमलाले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको महत्वको बारेमा पनि चर्चा गरेका थिए । बीपी कोइरालापनि क्यान्सरबाट बितेको भन्दै धुम्रपान नगरेको नभए बीपी क्यान्सरबाट ग्रसित हुनुपर्ने थिएन भन्ने बताए । यस्तै, गिरीजाप्रसाद कोइराला पनि धुम्रपान गर्ने नेतामा चिनिएको भन्दै जीवनको आखिरी दिनमा भने गिरिजापनि धुम्रपानबाट टाढा बसेको धमलाले स्मरण गराए । उनले भने,‘गिरिजाप्रसाद कोइरालासँग मेरो पनि निरन्तर भेटघाट हुन्थ्यो । मैले पनि उहाँलाई धुम्रपान छोड्न भनेको थिएँ, उहाँले पछिल्ला वर्ष चुरोट छोड्नुभएको थियो ।’

धमलाले आफूले मिडियामार्फत मात्रै नभएर देशव्यापी रुपमा क्यान्सर रोकथामको लागि अभियान चलाउने घोषणा गरे । उनले सो क्रममा आफू धुम्रपान र मद्यपानबाट सधैं टाढा रहेको सुनाए । उनले भने,‘म केहीपनि सेवन गर्दिनँ, तर म सक्रिय छु । युवा विद्यार्थीहरुलाई भन्छु–धुम्रपान र मद्यपान स्वास्थ्यको लागि हानिकारक छ । व्यवहारमा यो कुरालाई लागु गरौं । सबै मिलेर स्वस्थ समाज निर्माणमा योगदान दिनुपर्छ ।’ पत्रकार धमलाले क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कँडरियाले सुर्तीजन्य पदार्थको रोकथामकोलागि खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

यस्तै, जोसेफ हाईस्कुलका प्रिन्सिपल सूर्य बहादुर अधिकारीले पनि सुर्तीजन्य पदार्थको सेवन रोक्नुपर्नेमा जोड दिए । उनले पत्रकार ऋषि धमलाझैं एक्टिभ भएर जीवनयापनको लागि धुम्रपान तथा मद्यपान त्याग्नुपर्ने उदाहरण दिएका थिए ।

काउन्सिलका अध्यक्ष रुद्रलाल कँडरियाले क्यान्सरलगायत नसर्ने रोगको लागि समूदायबाट अभियान सञ्चालन गरिनुपर्नेमा जोड दिएका थिए । उनले भने,‘एक जनाले एक जनालाई सचेत गराउनसकेपनि स्वस्थ समाज निर्माणको लागि कोशेढुंगा सावित हुन्छ । हामी यही अभियानमा छौं । यसलाई देशव्यापी रुपमा लैजानको लागि सबैबाट पहल हुनुपर्छ । राज्यपनि जिम्मेवार हुनुपर्छ । मिडियालेपनि त्यहीअनुसारको भूमिका निर्वाह गर्नुपर्छ । जुन अहिले गरिरहेको छ ।’

यस्तै, कार्यक्रममा क्यान्सर रोग विशेष डा. किशोरकुमार प्राधानाङले क्यान्सर रोगबाट बच्ने उपायबाटरे प्रष्ट्याएका थिए । उनले जनचेतनाको कमीको कारण विरामीहरु अन्तिम अवस्थामा उपचारको लागि आईपुग्ने र उपचारपनि खर्चिलो हुने गरेको यथार्थ सुनाए । रोगको पहिचानको लागि समयमै उपचारमा जानुपर्नेमा उनको जोड थियो ।



प्रतिक्रिया दिनुहोस्