Logo

लुम्बिनी प्रदेश राजधानी निर्माणको काम ६५ प्रतिशत सम्पन्न



दाङ, पुस १७ । लुम्बिनी प्रदेश राजधानीमा भौतिक संरचना निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको छ । पहिलो चरणमा मुख्यमन्त्री कार्यालय र अन्य ९ मन्त्रालयका भवन निर्माण भइरहेका छन् भने दोस्रो चरणमा प्रदेशसभाका केहि भवनहरु रहेका छन् ।

पहिलो चरणका भवनहरु धेरैजसोमा अहिले रङ्गरोगनको काम भइरहेका छन् । भवन निर्माणसँगै ढल निकास, नाली, फुटपाथ, सडकबत्ती जडानका काम पनि तिव्र गतिमा भइरहेका छन् ।

राजधानी निर्माणको भौतिक प्रगति ६५ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत रहेको प्रदेश राजधानी निर्माण आयोजना प्रमुख ईश्वर राज जोशीले बताए ।

२०७९ फागुनदेखि सुरुभएको भवन निर्माणको काम २०८२ पुस १७ गतेसम्ममा सम्पन्न गर्ने सम्झौता रहेको छ । कुल ३ अर्ब ९ करोड लागत रहेको भवन निर्माणको जिम्मा शर्मा सगुन जेभी काठमाडौँले पाएको छ ।

हाल लुम्बिनी प्रदेशको प्रशासनीय काम राप्ती प्राविधिक शिक्षालय र राप्ती गाउँपालिकाको भवनहरुबाट सञ्चालन हुदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्