Logo

सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र पास भयो : मन्त्री खड्का



काठमाडौं, १७ पुष । उर्जामन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्बाट उर्जा मार्गचित्र–२०८१ पास भएको छ । उक्त मार्गचित्रमा सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने कुरा समेटिएको छ । मन्त्री खड्काले अँग्रेजी नयाँ वर्ष २०१५ को अवसरमा शुभकामना दिने क्रममा सरकारले गरिब तथा विपन्न वर्गलाई पनि जलविद्युत क्षेत्रमा लगानी सुनिश्चित् गर्नेगरि काम गरेको उल्लेख गरेका छन् ।

मन्त्री खड्काले फेशबुकमा लेखेका छन्–

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को आगमन सँगै हिजो ९पुस १६ गते मंगलबार० बसेको मन्त्रीपरिषद्को बैठकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको प्रस्तावमा ‘उर्जा मार्गचित्र– २०८१’ पास भएको छ । उक्त मार्गचित्रमा सन् २०३५ सम्म २८५०० मेगावाट विद्युत उत्पादन गर्ने र जसका लागि ४६।५ अर्ब अमेरिकी डलर ९६२ खर्ब ३१ अर्ब नेपाली रकम० बराबरको रकम लगानी हुने कुरा उल्लेख छ । यस्तै, गरिब तथा विपन्न वर्गलाई पनि समेत जलविद्युत क्षेत्रमा लगानी सुनिश्चित गर्ने गरी वर्तमान सरकारले ‘समृद्ध नेपाल’को अभियानलाई अगाडि बढाएको छ । यो सम्पूर्ण नेपाली र नेपालको जलविद्युत क्षेत्रमा खुशीको विषय हो । सन् २०२५ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
दीपक खड्का
मन्त्री
(उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय)



प्रतिक्रिया दिनुहोस्