काठमाडौं, १७ पुष । कानूनविद् डा. युवराज संग्रौलाले अहिलेको लोकतन्त्र निरंशुक दलतन्त्रमा रुपान्तरित भैसकेको टिप्पणी गरेका छन् । उनले राजनीति व्यापार नभएको कुरा सबैले ख्याल गर्नुपर्नेमा जोड दिएका छन् । उनले अहिलेको दलतन्त्रले केही पनि दिन नसक्ने दाबी गरेका छन् । उनले नेपालमा व्यक्तिगत स्वार्थ वनमाराले जंगल ढाकेझैं मौलाएको पनि टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्–
१. राजनीति ब्यापार होइन, सबैले ख्याल राख्नुहोस।
२. आहिलेको लोकतन्त्र, निंरकुश दलतन्त्रमा रुपान्तरित भैसकेको ब्यवस्था हो, ब्यावाहारमा। यस्ले कही दिनेवाला छैन।
३. दार्सनिक बैचारिकी, समाज रुपान्तरणको लक्ष्य र रणनीति र समृद्धिको मार्गचित्र बिना राजनीतक ब्यवस्था बन्दैन।
४. ब्यक्तिगत स्वार्थ आज बनमाराले जंगल ढाकेझै नेपालमा मौलाएको छ।
देशकालागि राजनीति, देशकै लागी श्रम, देशकै लागि उद्धम, र आफ्नो सम्मानको लागि देशको सम्मान निर्माण गर्दै, भुंइमान्छेका लागि सोचौं।