काठमाडौं, १८ पुष। कांग्रेस–एमालेको अहिलेको सरकारको सूत्रधार भनेर चिनिएका क्याप्टेन रामेश्वर थापा र परराष्ट्रमन्त्री डा. आरजु राणाबीचको सम्बन्ध चिसिएको छ । कांग्रेस र एमालेबीच असार १७ गते मध्यराति ७ बुँदे सहमति उनै क्याप्टेन थापाको चपलीहाईटस्थित् बंग्लोमा भएको थियो ।
सरकार बनेको केही महिनामै थापाको पुस्तक ‘इन्टु द फायर’ नामक पुस्तक प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त रुपमा गरेका थिए । जसमा देउवाले थापाको गुणगान नै गाएका थिए । यसलेपनि देखाउँछ देउवा दम्पतिसँग थापाको सम्बन्ध कति सुमधुर छ भन्ने । तर, परराष्ट्रमन्त्री डा. राणा युरोप भ्रमण गरेर डिसेम्बर तेस्रो साता नयाँ दिल्ली झरेपछि भने थापासँग उनको सम्बन्ध चिसिएको छ ।
खासगरी मन्त्री राणा उनै थापाको भर परेर युरोपबाट सिधै नयाँ दिल्ली ओर्लिएकी थिईन् । आरजुनिकट उच्च स्रोतकाअनुसार थापाले नै भारतीय उच्च अधिकारीहरुसँग भेट गराउन वचन दिएका थिए । थापाको भारतीय राजनीतिज्ञहरुसँग सुमधुर सम्बन्ध रहेको बताईन्छ । तर, यसपटक भने आरजुको नयाँ दिल्लीमा विचल्ली नै भएको छ । उनले उच्चस्तरीय भेटवार्ता गर्न पाईनन् । यता नेपालमा भने आरजुलाई भारतले भाउ नदिएको भनेर समाचार प्रकाशन तथा प्रसारण भएका थिए ।
आरजु काठमाडौं फर्किएलगत्तै आफूनिकटसँग ‘रामेश्वर थापाको भर पर्दा डुबियो नि’ भन्ने गरेकी छिन् । कतिपयले चनी भ्रमणको क्रममा नेपालले चीनसँग गरेको बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेपछि मन्त्री राणासँग नयाँ दिल्ली रिसाएको भन्ने चर्चा पनि छ । खासगरी आरजुको पछिल्लो भारत भ्रमण प्रधानमन्त्री ओलीको भारत भ्रमणको चाँजोपाँजो मिलाउनु थियो । तर, भारतले ओलीलाई भ्रमणमा बोलाउने कुनै संकेतसमेत दिएको छैन् ।
यो पनि कांग्रेस-एमालेको सरकार बनाउन रामेश्वर थापाको ठूलो योगदान छः सभापति देउवा