काठमाडौं, १८ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनको खबरले दुःखी भएको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत प्रधानमन्त्री ओलीले सचिनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्–
बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असर पुर्याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ। बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली !!