Logo

बाबुरामले प्रचण्डलाई किन खलनायक भने ?



काठमाडौं, १९ पुष । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रचण्डलाई खलनायकको संज्ञा दिएका छन् । उनले प्रचण्डलाई किन खलनायकको भूमिका खेलेको भनेर विस्तृतमा खुलाएका छैनन् । तर, अब सचेत जनताले बेलैमा सत्यतथ्य बुझेर देश, लोकतन्त्र र जनताको हितमा अग्रगामी विकल्प दिन तयार हुनुपर्ने आह्वान गरेका छन् ।

भट्टराईले फेशबुकमा लेखेका छन्-

वर्तमान नेपाल राज्यको उद्गमस्थल गोररखा लिगलिगकोटको फेदी पालुंगटार (मेरो जन्मस्थल, कर्मस्थल र सम्भवत: मरणस्थल) बाट मैले यतिवेला भित्री र बाहिरी तत्वहरूको अनुचित चलखेलबाट देश, लोकतन्त्र र जनजीवन गम्भीर संकटमा परेको, त्यसमा गोरखा(२ बाट २०७९मा चुनेर पठाएका जनप्रतिनिधिले समेत एउटा खलनायकको भूमिका खेलिरहेको, अब सचेत जनताले वेलैमा यो सत्यतथ्य वुझेर देश, लोकतन्त्र र जनताको हितमा अग्रगामी विकल्प दिन आवश्यक रहेको लगायतका कुरा बताउन उचित र आवश्यक ठानेको हुँ र त्यसमा म दृढ छु, रहन्छु। file photo



प्रतिक्रिया दिनुहोस्