Logo

आफ्नो स्वकिय सचिव ठगीमा संलग्न भएपछि लेखा सभापति पोखरेलले जिम्मेवारीबाट हटाए



काठमाडौं, १९ पुष । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकिय सचिव अनिलकुमार पोखरेल ठगीमा संलग्न भएका छन् । अनिलविरुद्ध ठगी अनुसन्धान गर्न अदालतबाट समेत परमादेश जारी भएको छ । सभापति पोखरेलले ठगीमा संलग्नको आरोप लागेका ती स्वकीय सचिव पोखरेललाई जिम्मेवारीबाट हटाएका छन् । पोखरेलले संघीय संसद् सचिवालयलाई पत्र लेखेर हटाएका हुन् ।

ठगीमा संलग्न पोखरेल मोरङ रंगेली नगरपालिका २ मंगलबारेका हुन् । ४३ वर्षीय पोखरेलले ३८ लाख ३० हजार रुपैयाँ ठगी गरेको भनेर २०७९ साउन ३१ गते उच्च अदालतमा ठगी मुद्दा दर्ता भएको थियो । सप्तरी बकधुवाका बौआलाल चौधरीकी छोरी दिक्षा चौधरीलाई एमबिबिएस डाक्टर पढाउनका लागि नाम निकाल्दिने भन्दै ३८ लाख ८० हजार लिएको उजुरी थियो ।



प्रतिक्रिया दिनुहोस्