काठमाडौं, १९ पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अहिलेको मन्त्रीहरुले जनतालाई निराशाबाट बाहिर निकाल्न र आशा सञ्चार गर्नको लागि देखिनेगरि काम गर्नुपर्ने बताएका छन् ।
उनले सत्ताको बार्गेनिङ र च्याँखे थाप्नेहरुलाई कांग्रेस र एमाले मिलेर तह लगाएको भएपनि अब जनतालाई खुशी पार्नेगरि काम गर्नुपर्ने बेला भएको बताए । आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
सरकारमा बसेर जनतालाई खुशी पार्ने काममा लाग्न अहिलेका मन्त्रीहरुलाई उनको सुझाव छ । उनले सहकारी ठगी प्रकरणमा सबैलाई कारबाही हुने विश्वास दिलाए । उनले धनराज गुरुङ वा ऋषिकेश पोखरेल जो भएपनि गलत गरेको भए कारबाही हुने बताए । उनले रास्वपाका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध नसाँधिएको स्पष्ट पारे ।