काठमाडौं, २० पुष । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसदमा सम्बोधन गर्ने भएका छन्। डा. कोइरालाले यही १३ जनवरीमा संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा गर्ने उनको सचिवालयले जनाएको छ ।
संसद्को त्यो कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा बाणिज्य मन्त्रीका साथै वेलायती सांसदहरूको उपस्थिति रहने जनाईएको छ । नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार बाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाने तय भएको उनको सचिवालयले जनाएको छ ।
बेलायतको संसद् भवनभित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई सम्बोधन गर्ने अवसर पाउने शेखर कोइराला पहिलो नेपाली नेता भएको उनको सचिवालयले दाबी गरेको छ। file photo