काठमाडौं, २० पुष । नेकपा (माओवादी केन्द्र) का प्रभवशाली नेता तथा पूर्वमन्त्री सुदन किराँतीले प्रचण्ड नेतृत्वको सरकारले जगाएको आशामा अहिलेको ओली सरकारले निराशा थपेको आरोप लगाएका छन् । त्यही कारण हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको परीणाममा माओवादीप्रति जनताको आकर्षण बढेको उनको दाबी छ ।
सामाजिक सञ्जाल फेशबुकमार्फत किराँतीले जनताको आशा र सपनालाई फुलाउनको लागि एक शक्तिशाली र अनुशासित पार्टी आजको अनिवार्य शर्त भएको उल्लेख गरेका छन् । उनले विधिको विकास गर्न पूर्वघोषित विशेष महाधिवेशनमा जानुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले फेशकुकमा लेखेका छन्-
प्रचण्ड नेतृत्वको सरकारकारले जगाएको आशामा ओली सरकारले निराशा थपेको छ। फलतस् मिनि जनमत संग्रह ९ स्थानीय तहको उपनिर्वाचन० परिणामले हाम्रो पार्टी प्रति जनताको आकार्षण बढेको कुरा स्पष्ट भएको छ । जनताको आशा र सपनालाई फुलाउनको लागि एक शक्तिशाली र अनुशासित पार्टी अनिवार्य सर्त हो । त्यसैले विधीको विकास गर्न पुर्वघोषिति विषेश महधिवेशनमा जाउँ । प्रचण्डको आजको आवश्यकता र औचित्यलाई अझ स्थापित गर्न आगामी केन्द्रीय समितिको बैठकमा जुटौं। अनुशासित र सदाचारिता सहितको शक्तिले मात्र भ्रष्टाचारलाई पराजित गर्न सक्छ । भ्रष्टाचार हाम्रो लागि असैह्य छ ।