Logo

ओली सरकारले रवि लामिछानेलाई मात्रै कारबाही गरेको भन्दै माओवादी नेता रिसले आगो



काठमाडौं, २० पुष । नेकपा (माओवादी केन्द्र) का सचिव एवम् पूर्वमन्त्री दिनानाथ शर्माले माओवादीले विगतमा क–कसबाट धोका पाएको हो भनेर सबै हिसाबकिताब राखेको बताएका छन् ।

उनले भने,‘हामी माओवादीले क–कसबाट धोका खायौं भन्ने कुरा एक एक हिसाबकिताब गरेका छौं । अब माओवादी धोका खाने पक्षमा पनि छैन् । धोका दिनेहरुको हामीलाई फेरि धोका दिने प्रयत्न हुन्छ, तर हामी धोका पाउनेवाला छैनौं ।’

आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले अब माओवादीले कसैसँगपनि चुनावी गठबन्धन नगर्ने ठोकुवा गरे । हामीलाई बिगारेको हिजो गठबन्धनले नै हो ।’

उनले अहिलेको सरकारले सहकारी ठगलाई कारबाही गर्ने काम नै नगरेको दाबी गरे । उनले भने,‘यो सरकारले सहकारी ठगहरुलाई कारबाही गरेको छ र? यो सरकारले त रविलाई मात्रै कारबाही गर्ने काम गरेको छ । सहकारी पीडितहरुले पैसा फिर्ता पाउनु परेन ? यो राज्यले दिलाउनु परेन ? सहकारी ठगका ठूला ठूला अपराधीहरु यीनै सरकार चलाउनेहरुका छन्, सरकारमा भएका दलका नेताहरुले यीनैले सहकारी लुटेका छन् । यीनका स्वास्नीले लिने, अनि स्वास्नीसँग सम्बन्धविच्छेद भएको नाटक गर्ने ? अनि यीनले लुटेर खाने ? अनि सरकारमा पनि बस्ने ?’



प्रतिक्रिया दिनुहोस्