काठमाडौं, २० पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद रामहरि खतिवडाले पार्टीको र जातीको मात्रै राजनीति गरिए मुलुक विकास नहुने टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘अब पार्टीको र जातीको मात्रै कुरा होईन, जनताको पद्धतीको कुरा गर्ने पद्धतीको विकास गर्नुपर्छ ।’ उनले सत्ताको सहकार्यमा कांग्रेस र एमाले भएपनि गठबन्धन जनताको समस्या समाधान गर्ने विषयमा हुनुपर्नेमा जोड दिए ।
उनले नेपालका उद्योगी तथा व्यवसायीहरुलाई देशमै काम गर्ने वातावरण बनाईनुनपर्ने बताए । त्यस्तो वातावरण बनाउन नसकिए उनीहरु देश छोडेर भाग्नुपर्ने स्थिति आउनसक्ने उनको भनाई छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम