Logo

गोरखा-काठमाडौं पदयात्रा सुरु, २६ गते काठमाडौं आईपुग्ने



काठमाडौं, पुस २१। गोरखा–काठमाडौं पदयात्रा आजबाट सुरु भएको छ । गोरखाको हनुमानथान भन्ज्याङबाट आजदेखि पदयात्रा सुरु भएको हो ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्याका अवसरमा गोरखाको हनुमान भञ्जयाङबाट सुरु भएको पदयात्रा जोर चौतारी, ताप्ले ,अश्राङ, बोर्लाङ ,घाटवेशी ,धादिङ, नुवाकोट हुँदै पुस २६ गते काठमाडौं आईपुग्नेछ ।

पदयात्राको साथमा टर्च नेपालको राष्ट्रिय झण्डा र नेपाली सेनाका पहिलो कम्पनीहरूको झण्डा रहेको छ । यात्रामा गोरखामा शिवदल गण ,धादिङमा श्री शेर गण, नुवाकोटमा कालीध्वज गण र काठमाण्डौमा श्री शार्दुलजँग गुल्मले सघाउने भएका छन् ।

पदयात्राको सुरुवात क्रममा गोरखा नगरपालिका प्रमुख कृष्ण बहादुर राना, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, जिल्ला स्थित कार्यालयका प्रमुख, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्