Logo

अहिलेसम्म सत्ताको स्वाद नचाखेका विप्लवमा एकैपटक देशको नेतृत्व लिने चाहना प्रकट



काठमाडौं, २१ पुष । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेसँगै काठमाडौंकेन्द्रित गतिविधिमा व्यस्त छन् । उनी कपिलवस्तुको शिवराजगञ्जमा आधार क्षेत्र बनाएर बसेका विप्लवले त्यहाँ नमूना कृषि खेतीपनि गरिरहेका छ्न । धान, गहुँलगायतका अन्न उब्जाएर समाजवादी क्रान्ति सफल पार्न सकिने तथ्य सुनाउने विप्लव यतिवेला काठमाडौंमा छन् ।

उनी पार्टी एकताको लागि माओवादी केन्द्रका नेताहरुसँग उठबसमा छन् । उनै विप्लवले पार्टी निर्वाचन आयोगमा पनि दर्ताको प्रक्रिया थालिसकेका छन् । आगामी निर्वाचनमा भाग लिने उद्घोषका साथ विप्लवले आयोगमा दल दर्ता अघि बढाएका हुन् । विप्लवले आफूलाई देशको भावी नेतृत्वको रुपमा विकास गर्दै छन् । उनले एकपटक देशको नेतृत्व लिएर विकास गर्ने रहर व्यक्त गर्न थालेका छन् ।

हिजो (शनिबार) मात्रै काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूले एकपटक देशको नेतृत्व लिने र विकास गर्ने चाहना व्यक्त गरे । सम्बोधनको क्रममा उनले भनेका थिए,‘माओवादीले पनि ध्रुवीकरणको कुरा गरिरहेको छ । तीन पटक सरकारको नेतृत्व गरिरहेकै छ । थुप्रै अवसरहरु पायो, तर के दियो भन्ने जनताको मनमा छ । हाम्रो पार्टीले पनि हामी क्रान्तिकारीहरुले पनि यो देशको लागि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौं । एक चोटी यो देशको नेतृत्व र सेवा नेकपाले गर्न चाहन्छ भन्ने कुरा हामीले राखेका छौं । हामी भन्न चाहन्छौं ।’

माओवादी नै शान्ति प्रक्रियामा आएदेखि विप्लवले सत्ताको स्वाद अहिलेसम्म चाखेका छैनन् । उनले एकैपटक देशको नेतृत्व लिने महत्वकांक्षी चाहना सार्वजनिक रुपमै प्रकट गर्न थालेका छन् । प्रचण्डले देशको नेतृत्व तीन पटक गर्दा देश र जनताले के पायो त ? भन्ने प्रश्न उठाएर आफू नेतृत्वमा आए देश विकास हुने उनको दाबी छ । file photo



प्रतिक्रिया दिनुहोस्