Logo

प्रदीप ज्ञवालीले सेयर गरे आशा जगाउने समाचारहरु, धनगढीका दुना/टपरी अमेरिकासम्म



काठमाडौं, २१ पुष । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आशा जगाउने समाचारहरु सेयर गरेका छन् । उनले सेयर गरेका ती आशा जगाउने समाचारहरुमा दैलेखमा पेट्रोलियम पदार्थको स्याम्पल निकालिएकोदेखि धनगढीका दुना तथा टपरी अमेरिकासम्म समेटिएका छन् ।

ज्ञवालीले फेशबुकमा लेखेका छन्-

हेर्दा सामान्य, तर आशा जगाउने समाचारहरू
-दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको छ । अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खननको कामलाई अघि बढाइने छ।
-स्याङ्जा कारागारमा कैदीबन्दीले बनाएका मुढा चीन निर्यात गरिँदै ।
-धनगढीका दुना/टपरी अमेरिकासम्म ।
-गुल्मीको रूरूक्षेत्र गाउॅपालिका–३ थोर्गामा उखुको रस पकाएर सख्खर बनाउॅदै कृषक। थोर्गेली अर्गानिक सख्खर स्वादिलो हुने भएको कारण कोसेलीको रूपमा युरोप, अमेरिका र अष्ट्रेलियासम्म पुग्ने गर्दछ ।
-गुल्मीको कफि जापान र कोरियासम्म, माग धान्न मुस्किल ।



प्रतिक्रिया दिनुहोस्