Logo

ओलीको राजनीतिक प्रतिवेदन : राष्ट्रपतिको निर्वाचनसम्म आईपुग्दा माओवादी शक्ति केन्द्रहरुको दबाबसामू आत्मसमर्पणको तल्लो बिन्दुसम्म ओर्लियो



काठमाडौं, २१ पुष । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा ‘२०७९ पुष मा प्रचण्डलाई प्रधानमन्त्री’ प्रस्ताव गर्ने निर्णयलाई बाध्यात्मक विकल्पको रुपमा प्रष्ट्याएका छन् ।

कांग्रेससँग राजनीतिक स्थायित्वको लागि दुई मुख्य दल सहकार्यका साथ अगाडि बढौं भन्ने प्रस्ताव राखिएको भएपनि उक्त प्रस्ताव कार्यान्वयन हुन नसकेपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने बाध्यात्मक विकल्प चालिएको ओलीको दाबी छ ।

तर, प्रधानमन्त्री भएको भोलिपल्टदेखि नै प्रचण्डबाट आफ्नो पूरानै चरित्र प्रदर्शन हुन थालेको ओलीले प्रतिवेदनमा समेटेका छन् । उनको प्रतिवेदनमा भनिएको छ-

‘राष्ट्रपतिको निर्वाचनको बिन्दुसम्म आईपुग्दा त माओवादी केन्द्र दाउपेज, विश्वासघात र शक्ति केन्द्रहरुको दबाबसामू आत्मसमपर्कणको तल्ला बिन्दुसम्म ओर्लियो । त्यस स्थितिमा हामी सरकारमा बसिरहन सक्ने अवस्था हुँदैनथ्इो । हामी सरकारबाट बाहिरियौं र प्रतिपक्षका रुपमा हामीले झलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’ जस्ता विशाल जनपरिचालन गर्यौं । साथै, सुन तस्करी, ललिता निवासजस्ता ठूला भ्रषटाचार काण्ठमा तत्कालिन सरकारको संलग्नता र संरक्षको विरुद्ध संसद्भित्र र बाहिर व्यापक भण्डाफोर गर्ने काम अगाडि बढायौं । विपक्षका विरुद्ध सुरु गरिएको मिथ्याप्रचार र घेराबन्दीको प्रतिवाद गर्यौं ।’



प्रतिक्रिया दिनुहोस्