Logo

ओलीको आरोप : प्रचण्ड सरकारले भ्रष्टाचारविरुद्ध कुनै अभियान चलाएको थिएन, आफ्नालाई चोख्याउने अभियानमा थियो



काठमाडौं, २१ पुष । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । अध्यक्ष ओलीको प्रतिवेदनमा प्रचण्ड सरकारको विषयमा पनि लेखिएको छ ।
ओलीलै प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कुनै अभियान नचलाएको दाबी गरेका छन् । बरु, आफ्नालाई चोख्याउने अभियानमा केन्द्रित रहेको दाबी छ ।

उनले लेखेका छन्–‘चर्चित ललिता निवास प्रकरणमा सर्वोच्चको निर्देशानात्मक आदेशपछि मात्रै सम्वद्ध प्रकरणमा जोडिएका पूर्व प्रधानमन्त्रीहरुलाई सोधपुछ गरिएको विवषय होस या सुन तस्करीमा नाम मुछिएका पूर्व सभामुखलाई संसद्मा दबाबपछि बनेको न्यायिक आयोगको प्रतिवेदनपछि मात्रै वाध्यात्मक रुपमा मुद्दा चलाईएको विषय होस, नेपाली जनताका मनमा त्यतिवेला प्रदर्शित पाखण्ड र सचाचारको आवरणमा भ्रष्टाचारको संरक्षणका घट्नाहरु तजै छन् । त्यसैले गर्न खोजिएको दाबी झुठा र अर्थहीन छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्