काठमाडौं, २१ पुष । नेकपा (एमाले) ले प्रधानमन्त्रीबाट हटेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद्मा उभिएर नेपाल बंगलादेशजस्तै बन्ने अभिव्यक्ति दिएकोलाई अशोभनीय टिप्पणीको रुपमा लिएको छ ।
आजबाट सुरू भएको एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डको उक्त अभिव्यक्तिलाई ‘अत्यन्तै गैरजिम्मेवार, गैर–कुटनीतिक र अशोभनीय टिप्पणी’ भनिएको छ । ओलीले प्रचण्डको उक्त अभिव्यक्तिलाई राजनीतिक अवसरवादको भद्दा नमूनासमेत गरेका छन् ।
उनले अघि भनेका छन्-
‘आज माओवादी केन्द्र एक वर्ष अगाडि आफ्नै प्रदेशसभा सदस्यहरुको समेत सहभागितामा नामाकरण गरिएको कोशी विरुद्ध उग्र जातीयावादी समूहरुसँग मोर्चाबन्दी गरिरहेको छ । उ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्याउन उद्दत देखिएको छ । पूर्व राजावादीहरुसँग बाक्लै बसाउठी गरिरहेको छ । सकरारमा रहँदा आफ्नै कारबाही गरेका व्यक्तिहरु र समूहको खुल्ला समर्थनमा उत्रिएको छ । प्रधानमन्त्रीको चीन भ्रम्ण र हिजो आफ्नै कार्यकालमा भएको सम्झौतालाई समेत विवादित बनाउन उद्दत देखिएको छ । यी घट्नाक्रमहरु मओवादी केन्द्रमा गहिरिँदै गरेको वैचारिक विचनल, राजनीतिक अस्थिरता र अवसरवाद र सरकारबाट बाहिरिनु परेका पीडाका अभिव्यक्ति हुन् ।’