Logo

म्यान्मारको संकटबारे एमाले अध्यक्ष ओली : जननिर्वाचित संसद्लाई भंग गर्ने कुरा स्वीकार्य हुन सक्दैन



नेकपा (एमाले) ले विगतमा आफैंले स्वीकारेको एक चीन नीतिको मान्यताविपरित ताइवानका विषयमा अमेरिकाले दोहोरो र उत्तेजनात्मक भूमिका खेलेको आरोप लगाएका छन् । अमेरिकाको भूमिकाकै कारण अहिले ताइवानमा तनाव बढाईरहेको एमालेको आरोप छ।

आजबाट सुरू भएको पार्टीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा यस कुरा उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ–

विगतमा आफैले स्वीकारेको एक चीन नीतिको मान्यताविपरीत ताइवानको विषयमा अमेरिकाको दोहोर र उत्तेजनात्मक भूमिकाले त्यस क्षेत्रमा तनाव बढाईरहेको छ । एसिया प्रशान्त क्षेत्रमा तनाव बढाउने, सैन्य शक्ति केन्द्रीकृत गर्ने र ध्रुवीकरण गर्ने कुनैपनि कदम विश्व शान्ति र क्षेत्रिय स्थायित्वको लागि हानीकारक हुन् । त्यस्ता क्रियाकलापहरु तत्काल बन्द गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ ।

उता, ओलीले म्यान्मारमा लोकतन्त्रको तत्काल बहालीको पक्षमा एमाले रहेको उल्लेख गरेका छन् । त्यसबारे ओलीले भनेका छन्–‘जननिर्वाचित संसद्लाई भंग गर्ने, जननिर्वाचित प्रतिनिधिहरुलाई बन्दी बनाउने र शान्तिपूर्ण विरोध प्रदर्शनमाथि हिंसात्मक दमन गर्ने काम कुनैपनि अर्थमा स्वीकार्य हुन सक्दैन् ।’



प्रतिक्रिया दिनुहोस्