Logo

अब संविधान संशोधन होइन खारेज गर्नुपर्छ : प्रभु साह



काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संविधानको कार्यान्वयन नै नगरीकन संशोधनको कुरा गर्नु अपराध भएको टिप्पणी गरेका छन् । सिंहदरबारस्थित् संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसंगको कुराकानीमा अध्यक्ष साहले संविधान संशोधन नभई खारेज नै गर्नुपर्ने माग गरे ।

‘सरकारले संविधान कार्यान्वयनसम्बन्धी कानून ल्याउन चाहेन । प्रहरी ऐन अलपत्र छ, निजामति ऐन बेवारिसे छ । संविधानअनुरुपको सामाजिक न्याय प्रदान गर्ने शिक्षा र स्वास्थ्य ऐन अलपत्र छ’,अध्यक्ष साहले भने, ‘संविधानमा भएका मौलिकहकहरु कार्यान्वयन गर्ने कुनै कानून नै सरकारले बनाएन् । यसरी सरकारलाई संविधान कार्यान्वयनमा कुनै चासो नै छैन् ।’

हिजोको दिनमा संविधान निर्माण पनि कांग्रेस र एमालेको गठबन्धन सरकारले गरेको बताउँदै उनले संविधान नै कार्यान्वयन नगरीकन उही पार्टी र नेताहरुले संशोधनको कुरा गर्नु भनेको अपराध भएको टिप्पणी गरे । ‘हिजो संविधान निर्माण पनि कांग्रेस र एमालेको गठबन्धन सरकारले नै गरेको हो, ती नेताहरु अहिले पनि नेतृत्वमै रहेको सन्दर्भमा कुनै पनि नैतिकताले संशोधनको कुरा गर्नु उचित छैन्,’ आजपा अध्यक्ष साहले भने,‘बरु गलत संविधान बनाई देश र जनतालाई ठगेको कुरा स्वीकारेर कामै नलाग्ने यो व्यवस्था खारेज गर्न उनीहरु सहमत हुन जरुरी छ ।’

यो व्यवस्थाले मुलुक र जनताको अवस्था परिवर्तन नहुने साहको भनाई छ । उनले अहिलेको ‘खिचडी व्यवस्था’ खारेज गर्नुको विकल्प नभएको भन्दै दलाल दलतन्त्र र लुटतन्त्रले आम नागरिक निरास बताए । उनले यो व्यवस्था खारेज गरेर आम जनताको शासन हुने व्यवस्थाको आवश्यकत्ता औंल्याए ।

उनले भने,‘राजतन्त्रबिरुद्ध आन्दोलन हुँदा अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र ल्याउन लड्नु भनेको बयलगाडामा चढेर अमेरिका जानु हो भन्नु भएको थियो । संविधान सभामा पनि प्रतिगामी भुमिका नै खेले । अहिले पनि त्यही ओलीले संविधान संशोधन कुरा गरिराख्नुभएछ, यसमा नेपाली जनता गम्भीर हुन जरूरी छ ।’



प्रतिक्रिया दिनुहोस्