Logo

कस्तो रहला आज देशभरको मौसम?



काठमाडौं, २२ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा र देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती प्रदेश,गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा र कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्