Logo

लम्जुङको भुलभुले आसपास केन्द्र बनाएर ५.८ म्याग्निच्युडको भूकम्प



काठमाडौं, पुस २३ । लमजुङको भुलभुले आसपासमा आज बिहान ५ः४२ बजे ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु लमजुङ जिल्लाको भुलभुले नजिक रहेको थियो ।

यस भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, र मकवानपुरमा पनि महसुस गरिएको थियो ।भूकम्प मापन केन्द्रका प्रमुख डा। लोक विजय अधिकारीका अनुसार यो भूकम्पले ठुलो क्षति नभए पनि मानिसहरूमा डर उत्पन्न गराएको छ । उनले यस्तो भूकम्पले प्रायः पुराना तथा कमजोर संरचनाहरूमा क्षति पुर्‍याउन सक्ने बताए ।

स्थानीय प्रशासनले क्षतिको विवरण सङ्कलन गरिरहेको छ । भूकम्पको पराकम्पहरू आउने सम्भावना भएकाले सतर्क रहन आग्रह गरिएको छ। हालसम्म कुनै गम्भीर क्षति वा घाइतेको विवरण प्राप्त भएको छैन । स्थानीय प्रशासनले नागरिकलाई सुरक्षित स्थानमा बस्न र आपत्कालीन पूर्व सावधानी अपनाउन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्