Logo

रौतहटमा हात्ति आतंकले स्थानीय त्रसित भएको भन्दै प्रभु साहले गराए सरकारको ध्यानाकार्षण



काठमाडौं, २३ पुष । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रौतहटमा हात्तिको आतंकले स्थानीय त्रसिद बनेको भन्दै हात्ति आतंक नियन्त्रण गर्न सरकारको ध्यानाकार्षण गराएका छन्। साहले रौतहको भैसही र गुजरामा जंगली हात्तिको आतंक मच्चिएको १५ दिन बितिसक्दापनि सरकारले हात्ति आतंक नियन्त्रण नगरेको भन्दै आक्रोश पोखेका हुन् ।

उनले हात्ति गाउँ–बस्ती पसेर घर तोडफोड गर्नुको साथै बालीनाली पनि नोक्सान गरेको उल्लेख गरेका छन् । तर, सरकारको सम्बन्धित निकायले भने त्यसबारेमा खासै गम्भीरता नदेखाएको उनको गुनासो छ । उनले फेशबुकमा लेखेका छन्–

‘जंगली हात्तीको आतंकले रौतहटको भैसही तथा गुजरावासी पुरै त्रसित छन् । झण्डै १५ दिनदेखि लगातार जंगली हात्ति विभिन्न गाऊँबस्तीमा पसेर घर तोड़फोड़ गर्नुको साथै बालीनाली नोकसान गरिरहेकोछ । यतिका दिनदेखि जंगली हात्तिले आतंक मच्चाई रहँदा सम्बन्धित निकायले खासै गम्भीरता नदेखाउनु दुःखद् हो । नेपाल सरकारको यसप्रकारको हेलचेक्रयाँईले पूरै क्षेत्र त्रसित रहेको स्मरण गराउँदै तुरुन्त हात्ति नियन्त्रण गर्न सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।’



प्रतिक्रिया दिनुहोस्