काठमाडौं, २३ पुष । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय कमिटी बैठक आजै सम्पन्न गर्ने भएपछि अध्यक्ष प्रचण्डले आजै दिउँसो २ बजेकालागि पदाधिकारी बैठक राख्ने भएका हुन् । केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले २ बजेसम्म धारणा राख्ने भनिएको छ ।
बैठककै बीचमा पदाधिकारी बैठक बोलाईएको प्रचण्डको सचिवालयले जनाएको छ । केन्द्रीय कमिटी बैठकका निर्णयमा साझा धारणा बनाउनको लागि पदाधिकारी बैठक बीचमै राखिएको जनाईएको छ ।