काठमाडौं, २३ पुष । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक आज समापन हुँदैछ । यही पुष २१ गतेबाट सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिसकेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले केन्द्रीय समिति बैठकको समापन सम्बोधन सुरु गरेका छन् ।
उनको सम्बोधन केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नमा केन्द्रित छ । प्रचण्डको ३० बुँदे राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले पार्टी पूननिर्माणको सपना देखेका छन् । यसअघिका बैठककमा फरक मत राख्ने नेताहरु जनार्दन शर्मा र हरिबोल गजुरेलले समेत प्रचण्डको प्रतिवेदनलाई समर्थन गरेका थिए ।