Logo

प्रधानमन्त्री ओलीले डाके आकस्मिक मन्त्रिपरिषद् बैठक



काठमाडौं, २३ पुष ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अहिले ५ बजेसम्म बैठक बस्ने कुनै तय नभएको एक मन्त्रीले जानकारी दिए । केही मन्त्री अहिले काठमाडौंबाहिर छन् । प्रधानमन्त्री ओली पार्टीको केन्द्रीय कमिटी बैठकमा रहेकै बेलामा मन्त्रिपरिषद् बैठक आजै साँझ ७ बजे बस्नेगरि सन्देश गएको हो ।

बैठकका एजेण्डा खुलाईएको छैन् । सशस्त्रका चार जना डिआईजीको पदावधि थप्नको लागि बैठक बोलाइएको भनिएको छ । यसअघि प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका थिए । सुरुमा कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति नदिएको भनिएपनि अहिले भने देउवालेसमेत अध्यादेश ल्याउन ग्रिन–सिग्नल दिएको बताईन्छ ।



प्रतिक्रिया दिनुहोस्