Logo

सहकारी ठगी प्रकरणमा फरार लेखा समिति सभापति पोखरेलकी श्रीमती अदालतमा हाजिर



काठमाडौं, पुस २४ । सहकारी ठगी प्रकरणमा फरार प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला अदालतमा हाजिर भएकी छन्।

उनी आज बिहान मोरङ जिल्ला अदालतमा हाजिर भएकी हुन् । उनी मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलन प्रकरण बाहिरिएपछि फरार थिइन्। अन्जलाविरुद्ध अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेको थियो ।

अदालतले सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। जसमध्ये वडाध्यक्ष खवास भने ५ लाख धरौटीमा रिहा भइसकेका छन्।



प्रतिक्रिया दिनुहोस्