Logo

भूकम्पले क्षति पुर्‍याएका विद्यालय प्रदेश सरकारले पुननिर्माण गर्ने



काँकेविहार (सुर्खेत), २५ पुस । कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य सस्था पुननिर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोट र रुकुम पश्चिमका ती सरकारी संरचना पुननिर्माण गर्न हो । मन्त्रालयका अनुसार रुकुम पश्चिमको २७ विद्यालय र पाँच स्वास्थ्य सस्था पुन निर्माण गर्न लागिएको हो ।

विद्यालय भवनका लागि १९ करोड ६० लाख र पाँच स्वास्थ्य संस्था पुन निर्माणका लागि दुई करोड ४० लाख स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्