काठमाडौं, २५ पुष । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत प्रस्थान् गरेका छन् ।
यही जनवरी १३ मा बेलायतको संसद् भवन (वेस्टमिन्स्टर) मा आयोजना हुने विशेष कार्यक्रममा सहभागिताका लागि नेता कोइराला आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।
बेलायतमा रहँदा उनले लेबर पार्टीका मन्त्री, सांसद र विपक्षी दलका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको उनको सचिवालयले जनाएको छ ।