Logo

राजेन्द्रलगत्तै कमल थापाले गरे प्रधानमन्त्री ओलीसँग भेटवार्ता, थापाले के भने ?



काठमाडौं, २६ पुष । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । थापाले प्रधानमन्त्री ओलीसँगको भेटमा मुलुकको समसामयिक परिस्थितिको विषयमा कुराकानी गरेको उनको सचिवालयले जनाएको छ । यस्तै संविधान संशोधनको विषयमा पनि उनीहरुबीच कुराकानी भएको छ ।

सो क्रममा थापाले मुलुक यतिवेला गम्भीर संकटमा रहेको विषय उठाएर प्रधानमन्त्री ओलीको ध्यानाकार्षण गराएका थिए । हिजो राति अवेर ओलीलाई भेट्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपनि बालुवाटार पुगेका थिए । लिङ्देन भोलि पुष २७ गते मनाउने राष्ट्रिय एकता दिवस (पृथ्वी जयन्ती) समारोहमा सहभागी हुनको लागि निम्तो दिनको लागि प्रधानमन्त्री निवास पुगेको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्