Logo

प्रधानमन्त्री ओलीमाथि खनिए भीम रावल, वन र निकुञ्जको जग्गा व्यक्तिलाई दिने प्रपञ्च गरेको आरोप



काठमाडौं, १ माघ । एमालेबाट निश्काषित नेता डा. भीमबहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश ल्याएर वन र निकुञ्जको जग्गासमेत व्यक्तिलाई दिनसकिने प्रपञ्च गरेको आरोप लगाएका छन् ।

सरकारले अध्यादेश ल्याएको र राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश रोकिदिएको सन्दर्भमा रावलको यस्तो टिप्पणी आएको हो । रावलले पञ्चायतकालमा समेत प्राकृतिक सम्पदाको संरक्षणका लागि बनाईएका निकुञ्जको जग्गा व्यक्तिलाई दिन तम्सिनु भूमाफियाको स्वार्थपूर्ति गर्ने खेल हो कि ? भनेर प्रश्न उठाएका छन् ।

एमालेबाट निकालिएपछि रावलले प्रधानमन्त्री ओलीमाथि आक्रामक टिप्पणी गर्दै आएका छन् । एमाले पँक्तिले भने रावललाई राजावादी कित्तामा उभिएको नेताको रुपमा चित्रण गर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्