काठमाडौं, १ माघ । मधेशवादी दलहरुबीच लुज-फोरम बनाउने उद्देश्यले नेताहरु निरन्तर छलफल र सम्वादमा जुटेका छन् । आज माघे सङ्क्रान्तिको अवसरमा मधेशवादी दलका नेताहरु छलफलमा जुटेका हुन् । संविधान संशोधनको बहस उठेपछि हृदयेश त्रिपाठीले मधेशवादी दलबीच लुज फोरम बनाएर अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए ।
उनकै पहलमा नेताहरु एकजुट भएका छन् । आज समर्पण एकेडेमीमा नेताहरुले गम्भीर विचार विमर्श गरेका हुन् । यसरी छलफलमा भाग लिने नेताहरुमा हृदयेश त्रिपाठी, डा. शिवजी यादव, डा. सुरेन्द्र झा, केशव झा, रेणु यादव, डा. अमरेशकुमार सिंह, इश्वरदयाल मिश्र, डा. शरदसिंह यादव, डा. भरत थापा, मोहम्मद साविर हुसेन, अनिलकुमार महासेठलगायत छन् ।