Logo

प्रज्ञा भवनमा सामूहिक योग प्रदर्शन र गुर्जो चियाको सेवा



काठमाडौं, १ माघ । आज नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा राष्ट्रिय योग दिवस मनाईयो । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिको लागि योग’ नारा दिएर आज योग दिवस मनाईयो ।

देशका ख्याँति कमाएकार सबै योगसम्बन्धी संस्थाको उपस्थिति रहेको थियो । सो अवसरमा गुर्जो अभियन्ता कमलबहादुर राजलवटले गुर्जोको चिया सेवा गरेका थिए । राजलवट आफैपनि योग गुरु हुन् ।

उनी विगत लामो समयदेखि योग प्रशिक्षणमा पनि व्यस्त छन् । उनी गुर्जोको उपयोगिता र यसको महत्वबारे प्रकाश पार्न देशव्यापी रुपमा अभियान लिएर निस्किसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्