काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु, मुख्यसचिव र सचिवहरु राखेर सरकारले अध्यादेश जारी गर्नुपर्ने कारणबारे जानकारी दिने पत्रकार सम्मेलन सुरु भएको छ ।
सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको पत्रकार सम्मेलनमा सुरुमा मुख्यसचिव एकनारायण अर्यालले सम्बोधन गरेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम