Logo

काठमाडौं उपत्यकामा ‘नो हर्ज प्लीज अभियान’ लाई सशक्त बनाईने (फोटोफिचर)



काठमाडौं, ३ माघ । काठमाडौं उपत्यकामा अब “नो हर्न प्लिज अभियान” लाई सशक्त बनाईने भएको छ । यसअघि नै यो नियम लागु गरिएपनि यो प्रभावकारी हुन सकेको थिएन । तर, आज (बिहीबार) ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा मजुदुर टे«ड युनियनबीच भएको छलफलमा यो नियमलाई कडाईका साथ लागु गर्ने सहमति भएको हो ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले पनि उक्त अभियानलाई पूर्णरुपमा लागु गरिने प्रतिबद्धता जनाएका छन् । सो क्रममा उनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था चुस्त, दूरुस्त बनाउन सबै मिलेर अघि बढनुपर्ने धारणा राखेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्