Logo

शंकर पोख्रेलले सुनाए पाकिस्तानको लोकतन्त्र कमजोर हुनुको कारण



काठमाडौं, ३ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले पाकिस्तानमा सेनाका जर्नेलहरुको राजनीतिक महत्वकांक्षाले त्यहाँको लोकतन्त्र कमजोर बनेको टिप्पणी गरेका छन् । त्यही कारणले पाकिस्तानको विकास र सुशासनमा गम्भीर नकारात्मक असर परेको देखिएको पनि उनले चित्रण गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत पोख्रेलले नेपालमा राजनीतिक मामिलामा देखिएको न्यायिक सक्रियता र कार्यकारीको भूमिकालाई अंकुश लगाउने अदालती फैसालले नेपाली लोकतन्त्र सुदृढ हुन कठिन त भएको छैन् ? भनेर प्रश्न उठाएका छन् । उनले अब त्यसतर्फ लोकतन्त्रका पक्षधहरुले गम्भीर विमर्श गर्नुपर्ने सुनाएका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

पाकिस्तानमा सेनाका जर्नेलहरुको राजनीतिक महत्वकांक्षाले त्यहाँको लोकतन्त्र कमजोर बनेको, विकास र सुशासनमा ग़म्भीर नकारात्मक असर परेको देखिन्छ । नेपालमा भने राजनीतिक मामिलामा देखिएको न्यायिक सकृयता र कार्यकारीको भूमिकालाई अंकुश लगाउने अदालती फैसलाले नेपाली लोकतन्त्र सुदृढ हुन कठिन त भएको छैन रु यसतर्फ पनि लोकतन्त्रका पक्षधरहरुले गम्भीर विमर्श गर्नुपर्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्